नेभिगेशन
सुरक्षा–अपराध

६१ किलो सुन तस्करी प्रकरणकी अभियुक्त अमला अदालतमा

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकी ६१ किलो सुन तस्करी प्रकरणकी अभियुक्त अमला रोका मगरलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

अमलाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालत पेश गरिएको सीआईबीले जनायो।

शुक्रबार सीआईबीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो।

उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो। 

उनी सुनकाण्डमा मुछिएका बेलिजयम नागरिक दाबा छिरिङकी पत्नी हुन् जसले ठमेलस्थित होटेल भियना चलाउँथिन्। 

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको तस्करीको सुन बरामद गरेको थियो। 

अमला रोल्पाकी माओवादी नेतृ समेत हुन्। रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध