नेभिगेशन
बैंक–वित्त

राष्ट्र बैंकले खारेज गर्यो पेवेल नेपाल र सजिलो पेमेन्टको इजाजतपत्र

काठमाडौं – नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेमेन्टको अनुमति पत्र खारेज गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी दुई वालेट कम्पनीको इजाजतपत्र खारेज गरेको जानकारी दिएको हो ।

जसमध्ये पेवेल नेपालले ७७ असोजमा अनुमतिपत्र पाएको थियो भने २०७७ सालकै चैतमा अनुमति पत्र पाएको थियो । यी दुई कम्पनीले भुक्तानी फस्र्यौट ऐन, २०७५ अनुसार अनुमति पाएका थिए ।

कम्पनीहरुले सम्पत्ती सुद्धिकरण ऐन उल्लंघन गरेको पाइएपछि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले इजाजतपत्र खारेज गरेको हो । राष्ट्र बैंकको सञ्चालक समितिको बैठक यही असार ५ गते (विहीबार) बसेको थियो ।

1-1750394970.jpg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्