नेभिगेशन
समाज विविध

संसद्‍मा दर्ता भयो सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक

काठमाडौँ- सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् । विधेयकको प्रस्तावना अनुसार सूचना प्रविधिको विकास, प्रवर्धन तथा नियमन गर्ने उद्देश्यले विधेयक आएको छ ।

विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणको संरक्षण गर्ने भनिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङका अनुसार साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणलाई व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक ल्याइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध