नेभिगेशन
समाज विविध

इन्डियन एयरलाइन्स दुर्घटनाः ‘क्याबिन क्रू’की मृतक मनिषा थापाका बुवा बिराटनगरबाट पटना गएका थिए

काठमाडौं– २६५ जनाको ज्यान जानेगरी भएको इन्डियन एयरलाइन्सको बिमान दुर्घटनामा क्याबिन क्रूका रुपमा १२ जना कार्यरत थिए। 

भारतको अहमदावादमा चालक दलका सम्पूर्ण सदस्य लगायत २४२ जनाले यात्रा गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर जहाज दुर्घटनामा पर्दा क्याबिन क्रू सदस्यका रुपमा मनिषा थापा थिइन्। उनको पनि मृत्यु भयो।

विमान खसेको होस्टलमा २४ जनाको मृत्यु भएको थियो भने एक जना विमानबाट कुशल रुपमा बाँच्न सफल भएका थिए। 

क्याबिन क्रु मनिषा थापाको पूख्र्यौली थलो भने विराटनगर भएको खुलेको छ। 

भारतीय संचार माध्यमले अहमदावाद जहाज दुर्घटनामा मृत्यु भएकी मनिषाका बाबुको परिवार विराटनगरबाट पटना गएको उल्लेख गरेका हुन्। 

२७ वर्षीया मनिषाका बुवा राजु बहादुर थापा अहिले विहार पुलिस अन्तरगत बेगुसरायमा कार्यरत छन्। राजुको सवै परिवार पटनास्थित जगदेव पथ इलाकामा रहेको श्यामा अपार्टमेन्टमा बस्दै आएका थिए।

मनिषाका बुबा बाहेक उनका दुई काकाहरू बब्लु बहादुर थापा र गुड्डु बहादुर थापा पनि बिहार विशेष सशस्त्र प्रहरी (विएसएपी) को बटालियन–१ मा कार्यरत रहेको भारतीय संचार माध्यम ‘द टाइम्स अफ इन्डिया’ ले उल्लेख गरेको छ।

त्रसादिपूर्ण दुर्घटनाको बिम्ब बनेको उडान नम्बर एआई–१७१ मा ज्यान गुमाएकी मनिषाले औपचारिक शिक्षा पटनामा पूरा गरेकी थिइन्। 

उनले सन् २०१४ देखि १७ को ब्याचमा सेन्ट जेभियर्स कलेजबाट ब्याचलर अफ बिजनेस इकोनोमिक्समा स्नातक गरेकी थिइन्। त्यसपछि उनी इन्डिगो एयरलाइन्समा ग्राउन्ड सपोर्ट स्टाफका रुपमा उडान गर्ने सपनामा सामेल भएकी थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध