नेभिगेशन
समाज विविध

आज भूमे पर्व मनाइँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

दाङ । भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुम पूर्व र प्युठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो ।


भूमे पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध