नेभिगेशन
समाज विविध

मोरङमा फेरि अर्का प्रहरी कर्मचारीको मृत्यु, राती ८ बजे भयो यस्तो घटना

बिराटनगर– मोरङको कानेपोखरीमा फेरि एक जना प्रहरी सहायक हवल्दारको दुर्घटना पर्दा मृत्यु भएको छ।

शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका– ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भइ प्रहरी चौकी जमुना इलाममा कार्यरत  प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो।

प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो।

दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन्। 

उनीहरुलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध