नेभिगेशन
अर्थ विविध

दुई निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । 

 कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउनेछैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

सुन तोलामा १६ सयले बढ्यो