नेभिगेशन
समाज विविध

कर्णाली घुमेपछि यस्तो छ हिमानी शाहको प्रतिक्रिया

काठमाडौं– कर्णालीका विभिन्न जिल्लाको भ्रमण सकेर फर्किएकी हिमानी शाहले संक्षेपमा प्रतिक्रिया दिएकी छन्।

खासगरी जुम्लामा प्रसुती गृहको शिल्यान्यास गरेकी उनले फर्किने क्रममा ‘कर्णाली नेपालको सुन्दर र मनोरम स्थान रहेको’ प्रतिक्रिया दिइन्। 

हिमानी ट्रष्टका माध्यमले जुम्लामा प्रसुती गृहको शिल्यान्यास भएको थियो। उनले सो विषयमा स्थानीय जनता खुशी भएको पनि बताइन्। हिमानीले भनिन्,‘यहाँका जनताको खुशी नै हाम्रो खुशी हो। धेरै नै इमान्दार र खुशी जनता हुनुहुन्छ।’

himani-1749696226.jpg
 

जुम्लालगायत कर्णालीमा ५ दिनको भ्रमण गरेकी उनी रारा तालसम्म पनि पुगिन्। प्रसुती गृहको शिल्यान्यासका छोरा हृदयेन्द्रले गरेका थिए। 

हिमानी र हृदयेन्द्रसहित जुम्लालगायतका स्थानमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि पुगेका थिए। हिमानीलाई विमानस्थलमा स्थानीय जनताले भव्य र सभ्य स्वागत गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध