नेभिगेशन
खेलकुद

नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेल १८ रनमा आउट

काठमाडौँ । विश्वकप लिग-२ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम म्याचमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरिरहेको छ । श्रृंखलामा पहिलो पटक नेपाल पहिलो ब्याटिङमा उत्रिएको हो ।

नेपालले ४.४ ओभरमा २० रन बनाउँदा ओपनर कुशल भुर्तेललाई गुमाएको छ । भान मिकेरेनको बलमा इनसाइड एज लागेर बोल्ड हुनुअघि भुर्तेलले १९ बलमा १८ रन बनाए । उनले दुई चौका प्रहार गरेका थिए ।

आज भुर्तेलको ओपनिङ जोडीका रूपमा आसिफ साह आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद