नेभिगेशन
खेलकुद

धोनी भन्छन्- आइसीसी हल अफ फेममा समावेश हुनु सम्मानको कुरा हो

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को हल अफ फेममा समावेश गरिएको छ ।

हल अफ फेममा समावेश भएपछि क्रिकेटर महेन्द्र सिंह धोनीले आइसीसीको हल अफ फेममा सामेल हुनु सम्मानको कुरा भएको बताएका छन् । उनले भनेका छन्- 'विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानलाई मान्यता दिने आईसीसी हल अफ फेममा समावेश हुनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।' उनले अगाडी भनेका छन्- 'यति महान खेलाडीहरूसँग मेरो नाम देख्नु साँच्चै एक उत्कृष्ट अनुभव हो। यो त्यस्तो क्षण हो जुन म सधैं कदर गर्नेछु ।'


धोनी भारतबाट आईसीसी हल अफ फेममा समावेश हुने ११औं खेलाडी हुन् । उनीभन्दा पहिले नितु डेभिड, वीरेन्द्र सहवाग, डायन एडुलजी, विनोद मंकड, सचिन तेन्दुलकर, राहुल द्रविड, अनिल कुम्बले, कपिल देव, बिशन सिंह बेदी र सुनील गावस्करले यो सम्मान पाएका छन् । गावस्कर र बिशन सिंह बेदी भारतबाट आईसीसी हल अफ फेममा समावेश हुने सबैभन्दा पाको उमेरका खेलाडी हुन् । उनीहरूले २००९ मा यो सम्मान पाएका थिए ।


धोनीले २००४ मा भारतीय क्रिकेट टोलीको लागि आफ्नो पहिलो इनिङ खेलेका थिए । उनले आफ्नो क्रिकेट करियरमा ३५० एकदिवसीय, ९८ टी-२० र ९० टेस्ट खेल खेलेका छन्।


उनको कप्तानीमा भारतीय क्रिकेट टोलीले २००७ मा आईसीसी टी-२० विश्वकप, २०११ मा आईसीसी विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद