नेभिगेशन
खेलकुद

धोनीसहित ९ क्रिकेटरलाई आइसीसीको 'हल अफ फेम' सम्मान

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ५ पुरुष र २ महिला गरी ७ क्रिकेटरलाई 'हल अफ फेम' मा समावेश गरेको छ ।

आईसीसीले भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीसहित अष्ट्रेलियाका म्याथ्यू हेडेन, दक्षिण अफ्रिकाका हाशिम अमला दक्षिण अफ्रिकाकै ग्रीम स्मिथ र न्यूजील्याण्डका डेनियल भेटोरीलाई 'हल अफ फेम' मा समावेश गरेर सम्मान गरेको छ ।

त्यस्तै महिला क्रिकेटरमा पाकिस्तानकी साना मिर र इङ्गल्याण्डकी सारा टेलरलाई हल अफ फेम' सम्मानको सूचीमा समावेश गरिएको छ ।
के हो 'हल अफ फेम' सम्मान ?

आइसीसीले सन् २००९ को जनवरीमा क्रिकेटमा खेलाडीहरुले गरेको योगदानलाई सम्मान गर्न हल अफ फेमको सुरुवात गरेको थियो । सुरुमा ५५ खेलाडीलाई सम्मान गर्दै यो सुची जारी गरिएको थियो ।

त्यसपछि हरेक बर्ष आइसीसी अवार्ड घोषणा गर्दा हल अफ फेममा समावेश हुने खेलाडीको सुची जारी गर्ने गरेको छ ।

यस सूचीमा अहिलेसम्म इङल्याण्डका धेरै ३४ खेलाडी रहेका छन् भने अस्ट्रेलियाका ३०, वेस्टइन्डिजका २१, भारतका ११, दक्षिण अफ्रीकाका ९, पाकिस्तानका ८, न्युजील्याण्ड र श्रीलंका ४-४ र जिमब्बेका एक गरि कुल १२२ खेलाडीले अहिलेसम्म आइसीसीको 'हाल अफ फेम' सम्मान पाएका छन् ।       

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद