नेभिगेशन
समाज विविध

सडकमा रोकेर सामान बेच्ने ३ गाडीलाई महानगरले तिरायो ४५ हजार जरिवाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरेर सामान बेचेको भन्दै १५ हजारका दरले ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

महानगर प्रहरीले सडकमा सवारीसाधन रोकेर सामान बेच्ने र सडक पेटीमा सामान बेच्दा कारबाही गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध