नेभिगेशन
बैंक–वित्त

आइडिएटर काठमाडौंमा मात्र होइन, देशैभरि हुनुपर्छ: अशोक शेरचन


काठमाडौं - प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले नेपालमा उद्यमशीलता र नवप्रवर्तन (इनोभेसन) प्रवर्द्धन गर्न ‘आइडिएटर’ कार्यक्रमजस्ता प्लेटफर्महरू केवल राजधानी काठमाडौंमै सीमित नरही, देशैभरि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

काठमाडौँमा हालै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले भने, “देशमा प्रतिभाको कमी छैन, अभाव छ त अवसरको। काठमाडौंमा मात्रै होइन, झापा, पोखरा, बुटवल, धनगढी, सुर्खेत जस्ता शहरहरूमा पनि युवाहरूमा नवप्रवर्तन गर्ने क्षमता छ। त्यसैले आइडिएटर जस्ता इनोभेसन प्लेटफर्महरू देशैभरि फैलिनुपर्छ।”

उनले बैंकिङ क्षेत्रले नवप्रवर्तनशील सोचलाई सघाउने गरी वित्तीय पहुँच, स्टार्टअप अनुकूल कर्जा नीति र इन्क्युबेसन सञ्जालको विकासमा ध्यान दिनुपर्ने बताए।

शेरचनले प्रभु बैंकले युवाको उद्यमशील सोचलाई सहयोग पुर्‍याउन 'स्टार्टअप बैंकिङ' अभियान समेत सुरु गर्ने तयारीमा रहेको जानकारी पनि दिए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि युवाहरूको सिर्जनात्मकता र प्रविधिमा आधारित सोचले मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुने धारणा राखे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त