नेभिगेशन
बैंक–वित्त

घट्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३६.५२ रुपैयाँ रहँदा बिक्री दर १३७.१२ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३६.६७ रुपैयाँ र बिक्री दर १३७.२७ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १५६.०२ रुपैयाँ कायम भएको छ। बिक्री दर १५६.७० रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १५६.१५ रुपैयाँ र बिक्री दर १५६.८४ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८४.१० रुपैयाँ र बिक्री दर १८४.९१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८४.४७ रुपैयाँ र बिक्री दर १८५.२८ रुपैयाँ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्