नेभिगेशन
राजनीति

एमालेको जुलुसका कारण ट्राफिक समस्यामा परेपछि सर्वसाधारणले भने ‘मासुभात’

काठमाडौं– गणतन्त्र उत्सवका नाममा नेकपा एमालेले गरेको जुलुसका क्रममा सवारी साधन लामो समय ट्राफिकमा परेपछि सर्वसाधारण आजित भएका छन्।

कार्यालयका लागि थापाथलीसम्म हिँडेका युवा भद्रकालीमा लामो समयसम्म जाममा परेपछि अक्रोशित हुँदै भन्छन्,‘यी सबै केपी ओलीका छोरा छोरी, श्रीमति हुन्। आफ्नो गरिखानु नि, किन यसरी दुख दिएको?’

जुलुस व्यवस्थापनका लागि ट्राफिकसँगै उभिएका एक जना एमाले कार्यकर्ताले सवारी रोकेपछि युवा थप जंगिदै भने,‘काम गर्नु नि मासुभात।’

ओलीका कार्यकर्ताले ‘के भनिस् मासुभात भनिस रे’ भनेपछि तातो घाममा सवारी लाममा रहेका युवाले फेरि भने,‘के गर्छस् मासुभात।’

गणतन्त्रका नाममा सम्बन्धित ठाउँमा जनतालाई दुख नहुनेगरी कार्यक्रम गरे कुनै बिरोध नभए पनि यसरी सडकमा दुख दिन नहुने मत ति युवाको रहेको थियो। सांकेतिक रुपमा जाममा लाम लागेका सवारी साधनले हर्न बजाएर बिरोध गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति