नेभिगेशन
पूर्वाधार

घुम्टोमा वीरगञ्जको घण्टाघर : छिटो मर्मतसम्भार गर्न माग

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको छ तर मर्मतसम्भार पूरा भएको छैन । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन् ।

वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण घण्टाघर घुम्टोमा छ । मर्मतसम्भारको नाममा यसलाई छोपिएको छ ।  यहाँ घुम्न आउने पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले घण्टाघरको संरचना जीर्ण भएकाले पनि मर्मतसम्भारका लागि केही बढी समय लागेको जानकारी दिए । ‘घण्टाघरको पुरानो संरचना भएकाले  मर्मतसम्भारमा केही बढी समय लागेको हो’, उनले भने, ‘हामीले घण्टाघरको संरचना मर्मतसम्भार शीघ्र पूरा गर्न  व्यवसायीलाई पनि ताकेता गरिरहेका छौँ ।’

वीरगञ्ज महानगरपालिका पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति गरेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार