नेभिगेशन
राजनीति

जनमत र नागरिक उन्मुक्तिको एकता अलपत्र !

काठमाडौँ - जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अलपत्र परेको छ । गत वैशाख १७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा एकताको घोषणा गर्ने कर्यक्रम नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको थियो ।

चौधरी सोहि दिन हिरासतबाट छुटेपनि अहिलेसम्म एकताको प्रक्रिया अगाडी बढ्न नसकेपछि अब एकता नहुने अड्कलबाजी हुन थालेको छ ।

यसैबीच रेशम चौधरीले सोमबार सामाजिक सञ्जालमा सबै कुरा थाती राखेर संगठन निर्माणमा जुट्नुपर्ने लेखेपछि अब जनमतसँगको एकता नहुने संकेत गरेका छन् । उनले भनेका छन्- 'मौसम जस्तै बदलिरहँदैन आस्था । बिचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै समाप्त हुन्छ । सबैकुरा थाति राखेर आफ्नो संगठन निर्वाणमा जुटौं । संगठन रहे तपाई रहने हो,राजनैतिक पदधारी हुने हो । संगठन बिनाको राजनीति कल्पना पनि नगरौं ।' 


एकताको अन्तिम तयारी भएको भनिएपनि जनमतका सिके राउत र संरक्षक चौधरीबीच पार्टी एकताको मोडल नै टुंगो नलागेको दाबि गरिएको छ । राउतले पार्टी पदाधिकारीको टुंगो लगाएर एकता गरिहाल्ने र बाँकी कुरा पछि टुंगाउने भन्दै आएका थिए भने चौधरीले सबै विषय टुंगाएर एकता गर्नुपर्ने पक्षमा रहेको बताइएको छ । त्यसैकारणले पनि चौधरी पक्राउले अवरुद्ध बनेको एकता प्रक्रिया अहिले अलपत्र परेको र तत्कालका लागि टरेको दुवै दलका नेताहरुले बताउन थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति