नेभिगेशन
राजनीति

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अब 'राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम' को रुपमा ल्याइयो

काठमाडौँ - सरकारले 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम' लाई 'राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम' का रूपमा ल्याएको छ ।

शुक्रबार सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम' लाई 'राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम' का रूपमा ल्याएको जानकारी गराएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ- 'सम्वत् २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुधार गरिनेछ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति