नेभिगेशन
राजनीति

अर्थमन्त्री पौडेल र चौथाइवालेबीच भेटवार्ता

काठमाडौं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । 

अर्थ मन्त्रालयमा आज बिहान भएको भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको छ ।


चौथाइवालेले विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । त्यसअघि उनले कांग्रेस महामन्त्री गगन थापासँग लन्च मिटिंग गरेका थिए ।    


चौथैवालेले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता उदय शमशेर राणा, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए  । त्यस्तै उनले बुधबार गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति