नेभिगेशन
समाज विविध

नेपाली छात्राका लागि काल बन्यो भारतको केआईआईटी, अर्की मृत फेलापछि परराष्ट्र मन्त्रालय के गर्दैछ?

काठमाडौं– नेपाली छात्राका लागि भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) काल साबित हुन थालेको छ। 

केही समयअघि भैरहवाकी प्रकृति लम्सालको मृत्यु प्रकरणले नेपाल र भारतबीच नै सम्बन्धमा खटपट आउने अवस्था बनेको केआईआईटीमा अध्ययनरत अर्की नेपाली छात्रा वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

यसले अर्को तहल्का मच्चाएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन्। प्रिशा साह मृत्यु प्रकरणको छानबिन र अनुसन्धान सुरु भएको छ।

उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको। परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको बताए ।

प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन्। तर, घटनाको क्रममा कोठामा कोही थिएनन्। विद्यार्थीहरुले भने उनी वीरगञ्ज निवासी प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी भएको बताएका छन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्।

आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। 

प्रिशा मृत्यु प्रकरणले सेलाउन लागेको केआईटीटी विवदा अझ पनि बलियोगरी सतहमा आएपछि नेपालको परराष्ट्र मन्त्रालय सक्रिय बनेको छ। 

परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक सन्जालमा लेखेकी छन्, ‘प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

उनले भनेकी छन्,‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’

यस प्रकरणबारे भारत सरकारले कसरी अनुसन्धान अगाडि बढेको छ भन्ने विषयमा कुटनीतिक तहमा कुनै प्रतिक्रिया जनाएका विवरण आइसकेका छैनन्। परराष्ट्र मन्त्रालयमार्फत पहल भैरहेको बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध