नेभिगेशन
राजनीति

माउन्ट एभरेस्टसँग सगरमाथाको केहि लिनु–दिनु छैन : प्रधानमन्त्री

मोरङ- प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेस्टसँग सगरमाथाको केहि लिनु–दिनु नभएको बताएका छन्। आज (बिहीबार) कोशी प्रदेशको लगानी सम्मेलनलाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो ? त्यो बुझि नसक्नु छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनी सगरमाथा चढेको व्यक्ति पनि नभएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन । उनले त अर्को हिमाल अग्लो हो भनेका थिए । हामीले फेरि माउन्ट एभरेस्ट भनिरहने पनि होइन । एभरेस्टसँग सगरमाथाको कुनै लिनु–दिनु छैन । त्यसकारण त्यो नक्कली नाम हो,’ उनले भने । प्रधानमन्त्री ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गरेका छन्। नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति