नेभिगेशन
राजनीति

शिक्षा मन्त्रालयमा सुधारको हाँक गर्ने दुई मन्त्रीः एउटीको सत्ता ‘कोल्याप्स’, अर्कीलाई राजनीतिले खलाँस

शिक्षामन्त्री रहेकी भट्टराईबारे एमालेकै युवा फाँट इञ्चार्ज महेश बस्नेतले गरेको टिप्पणी वाइयात र नाजायज

काठमाडौं– शिक्षामन्त्रीको पदबाट विद्या भट्टराईको राजीनामापछि अनेक प्रकारका चर्चा हुन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टसलका कारणले राजीनामा दिएको भनी आएका अन्य पृष्ठभूमीसमेत केलाइएका घटनाक्रम स्वभाविक भए पनि भट्टराईकै कमजोरी रहेको भनी महेश बस्नेतलगायतले गरेको टिप्पणी भने वाइयात र नाजायज शैलीको छ।

यद्यपि पछिल्लो १४ महिनामा नेपाल सरकारको शिक्षा मन्त्रालयले दुई गतिला र सुधारको हाँक गर्ने शिक्षामन्त्री पाएको थियो। प्रचण्डको पछिल्लो कार्यकालमा रास्वपा समेत सरकारमा रहँदा शिक्षा मन्त्रालयको नेतृत्व सुमना श्रेष्ठले गरेकी थिइन्।

उनले शिक्षा क्षेत्रको राजनीति नै अन्त्य गर्ने र मन्त्रालयमा भनसुन बन्द गराउँदै नीतिगत तहमा सुधारका योजना सुरु गरेकी थिइन्। तर, उनले मन्त्रालय चलाउन थालेको ४ महिना पनि नपुगी प्रचण्ड सरकार ढल्यो (कोलाप्यस भयो)।

प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनका लागि कांग्रेससँग सत्ता समीकरण गरेपछि सुमनाको जिम्मेवारी पनि हट्यो।

‘नयाँ पुस्ताको र विद्यार्थीको हितानुकुल काममा सुमना मन्त्री हुँदा सुरुआत हुने थियो’, शिक्षा मन्त्रालय उच्च स्रोतले भन्यो,‘तर सरकार ढलेपछि कतिपय काम सुरु नहुँदै भत्किए।’

उता नयाँ सरकार गठन भएपछि शिक्षा मन्त्रालयको जिम्मा एमाले नेत्री विद्या भट्टराईले पाइन्। विश्व विद्यालय अध्यापनबाट राजनीतिमा आएकी उनलाई शिक्षा मन्त्रालय दिएर न्याय गरिएको पनि चर्चा भयो। 

भट्टराई हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएका कास्कीका एमाले नेता तथा मन्त्री समेत बनिसकेका रविन्द्र अधिकारीकी पत्नी पनि हुन्। सोही क्षेत्रमा उनले निर्वाचतमा जीत निकालेपछि राजनीतिमा सक्रिय भएकी थिइन्। 

भट्टराई मन्त्री भएका बेला नै शिक्षकको आन्दोलन सुरु भयो। माग सम्बोधनका लागि उनी सकारात्मक रही प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा रहे पनि सफल हुन सकिनन्। 

ओली क्याबिनेटमा कुनै गतिलो मन्त्री थियो भने ति भट्टराई नै थिइन्। जसले शिक्षा मन्त्रालय, शिक्षक आन्दोलनमा राजनीतिलाई समेत कायम रहनेगरी नीतिगतदेखि व्यक्तित्व विकासको योजना पनि तयार पारिरहेकी थिइन्। तर एमालेभित्रको आन्तरिक राजनीतिले उनलाई ‘खँलास’ गरिदियो। उनले राजीनामा गर्न बाध्य हुनु परेको थियो।

‘शिक्षा मन्त्रालयका कर्मचारी प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारबाट चल्न थाल्यो’, उच्च स्रोतले भन्यो,‘विभागीय मन्त्रीचाहिँ संवैधानिक जस्तो बनाइयो। यसले पनि परिसानी बढाएको स्थिति थियो।’

भट्टराईले शिक्षक आन्दोलनले २० दिन चलेका कारण नैतिकता कायम राखी पदबाट राजीनामा दिइन्, सोमबार। तर उनले कारण स्वास्थ्य खुलाउँदै राजीनामा दिएको उल्लिखित छ। राजनीतिक कोपभाजनमा परेका कारण राजीनामा गरेकी भट्टराई सोमबारको क्याबिनेट बैठकमा पनि गइनन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति