नेभिगेशन
समाज विविध

निर्मल निवासले महानगरको जरिवानापत्र बुझेन, अब ज्ञानेन्द्र शाहविरुद्ध कस्तो कदम चालिन्छ?

काठमाडौं– काठमाडौं महानगरपालिका–३२ लगायतका विभिन्न ठाउँमा गरिएको फोहोर, सार्वजनिक सम्पत्तिलगायतको तोडफोडवापतको जरिवाना पत्र बोकेर निर्मल निवास पुगेको महानगर प्रहरी बलको टोली फर्किएको छ।

७ लाख ९३ हजार रुपैंयाको ८ वटा जरिवाना पत्र लिएर ज्ञानेन्द्र शाहको निजी निवास निर्मल निवासमा पत्र लिएर महानगर प्रहरी बलका कर्मचारी पुगेको प्रमुख राजु पाण्डेले क्यानडानेपाललाई जानकारी दिएका थिए। 

पाण्डेका अनुसार निर्मल निवासले जरिवाना पत्र बुझ्न मानेको छैन। जसरी पनि जरिवाना पत्र बुझाएर फर्किने तयारीमा महानगर प्रहरी बल रहेको थियो तर उसले बुझ्न मानेन। 

यसै फर्किएको महानगरले अब कानुनी प्रक्रियामार्फत ज्ञानेन्द्र शाहसँग जरिवाना उठाउने भएको छ। अबको प्रक्रिया पत्रिकामा सूचना निकाल्नेलगायतको हुनेछ।

शनिबार काठमाडौं महानगरपालिकाले जरिवाना पत्र काटेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

दुई दिनसम्म पानी पर्ने सम्भावना