Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट

बिहीबार, माघ २४, २०८१

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ ।

samridhi jewllers

आज नेप्से परिसूचक ११ दशमलव ६४ अंकले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ दशमलव २७ को कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६० को घटेको छ भने नौ कम्पनी स्थिर छन् ।

फाइनान्स एक दशमलव ५८ प्रतिशतले बढ्दा अन्य सबै परिसूचक घटेका छन् । आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१७ अंकले बढ्यो नेप्से
बुधबार, फागुन २८, २०८१

३२ अंकले घट्यो नेप्से
मंगलबार, फागुन २७, २०८१

नेप्से साढे २० अंकले घट्यो
सोमबार, फागुन २६, २०८१