नेभिगेशन
समाज विविध

पूर्वका नौ जिल्ला बन्द गराएको मुक्कुमलुङ मुद्दाले माइतीघर ततायो, प्रदर्शन र बिरोध  

काठमाडौं– पहिचानवादी लिम्बु याक्थुङले पाथीभरामा केबलकार बनाउने प्रकरणको बिरोध गर्दै पूर्वका नौ जिल्ला बन्द गराएको छ। मुक्कुमलुङ संरक्षणको यो आन्दोलन राजधानी केन्द्रित पनि बनेको छ।

पाथीभरामा केबलकार निर्माणको विरुद्धमा काठमाडौँको माइतीघरमा मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले सोमबार मुक्कुमलुङ अतिक्रमणविरुद्ध प्रदर्शन गरेका हुन्। 

फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माण भइरहेको छ। पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ।

यस्तै धरान पनि बन्द छ। 

आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै आएका छन्। माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै मुक्कुमलुङबाट सशस्त्र प्रहरी फिर्ता लिन माग गरेका छन्।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी वार्ता र सहमतिमा आउनका लागि आइतबार आह्वान गरेको थियो। तर, यस बचाऊ आन्दोलनका अगुवा मध्यका एक पहिचानवादी नेता डकेन्द्रसिंह लिम्बु भन्छन्,‘यो बिज्ञप्ति हेर्दा बिजय सुब्बाले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई शपथ खुवाएको भाइरल भिडिओ एकपटक संजालमा आएको थियो।यो बिज्ञप्ति ठ्याक्कै त्यस्तै हो। हेपाइको पनि सिमा हुन्छ। सहसचिवको यति ठूलो जिम्मेवारी र हैसियत रहँदैन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

निकुञ्जमा गैँडा हेर्ने समय