Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाणिज्य बैंकहरूले लिएनन् धितोपत्र बोर्डको निक्षेप

शनिबार, माघ ५, २०८१

वाणिज्य बैंकहरूले संस्थागत निक्षेपलाई बेवास्ता गर्न थालेका छन्। यसअघि पुस १८ गते नेपाल धितोपत्र धितोपत्र बोर्डले अक्षय कोषको रकम वाणिज्य बैंकहरूमा निक्षेपमा राख्न चाहेको थियो। त्यसका लागि बोर्डले प्रस्ताव आह्वान गरेपनि प्रस्ताव नपरेपछि बोर्डले दोस्रो पटक सूचना जारी गर्दै प्रस्ताव मागेको छ।

samridhi jewllers

बोर्डले बुधबार अर्को सूचना जारी गर्दै अक्षय कोषको रकम निक्षेपमा लगानी गर्ने जनाएको हो। बोर्डले निपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०७६ को अधिनमा रहेर वाणिज्य बैंकमा मुद्दती निक्षेपमा राख्न खोजेको छ।

निक्षेप लिन चाहने वाणिज्य बैंकहरूले तीन दिन भित्र सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ। बोर्डले यस अघि प्रस्ताव पेश गर्ने समय ५ दिन राखेकोमा दोस्रो पटक सूचना जारी गरेर ३ दिन थपेको हो। बोर्ड ६ महिनाको लागि निक्षेप राख्न लागेको हो। यसका लागि इच्छुक वाणिज्य बैंकहरूले ६ महिने ब्याजदर सहित प्रस्ताव पेश गर्नुपर्नेछ।


 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार