नेभिगेशन
अर्थ विविध

१७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

बुधबार एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद-बिक्री भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध