नेभिगेशन
अर्थतन्त्र विविध

२८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कात्तिक १५ गते छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक १५ गते चाँदीको मूल्य प्रतितोला २ हजार ९० रुपैयाँ रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध