नेभिगेशन
राजनीति

रवि पक्राउबारे आएनन् मुख्य दलका प्रारम्भिक औपचारिक टिप्पणी

काठमाडौं– सहकारी ठगी प्रकरणको शिलशिलामा कानुनी प्रक्रियाका लागि पक्राउ गरिएका रवि लामिछाने र रास्वपाको बयानबाजी आए पनि मुख्य तीन दलले औपचारिक प्रारम्भिक टिप्पणी गरेका छैनन्। 

यहाँसम्मकी शुक्रबार बिहान बसेको भनिएको प्रतिपक्षी दल र त्यसले गठन गरेको रास्वपा सांसद शिशिर खनालसहित सदस्य रहेको कार्यदलले पनि कुनै औपचारिक टिप्पणी वा प्रतिक्रिया दिएको छैन। 

सत्ता समीकरणमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले पनि त्यस्तो प्रारम्भिक औपचारिक टिप्पणी गरेको छैन भने एमाले महासचिव शंकर पोखरेललेचाहिँ कानुनी प्रक्रियालाई रास्वपाले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति