नेभिगेशन
राजनीति

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्ने बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताए ।

‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस । दशकौँ लामो संघर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको  संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान ।

यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ,’ उनले भने, ‘सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूलाई यसले संरक्षण गरेको छ ।’संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्ने प्रधानमन्त्रीको भनाइ छ ।

‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन,’ प्रधानमन्त्री ओलीले फेसबुकमा शुभकामना दिँदै भनेका छन्, ‘यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा माम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ । यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ । सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना !’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति