नेभिगेशन
पूर्वाधार

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला - अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध  भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए ।

 सो  ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो  सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ।


 विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।  यी जोखिम ठाउँहरूमा सडकको स्तरउन्नती सम्बन्धी निकायको ध्यान जान नसक्दा वर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् । 

सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौँ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौँ यात्रुहरू अलपत्रमा परेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार