नेभिगेशन
समाज विविध

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सङ्घीय संसद् भवनस्थित ल्होत्से हलमा दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो ।


त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध