नेभिगेशन
अर्थ विविध

एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ सेवा राती चार घन्टा अवरुद्ध हुने

काठमाडौ - एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ। बैंकको मोबाइल बैंकिङ  नियमित मर्मत गरिने हुँदा सोमबार  राती १ बजेदेखि बिहान ५ बजेसम्म  सेवा अवरुद्ध हुने बैंकले सूचना जारी गरि जानकारी गराएकाे छ।

बैंकले सूचना जारी गर्दै भनेको छ, ‘एनआइसी एसियाको मोबाइल बैंकिङ सेवा (फोन पे डाटबेस अपग्रेड) को नियमित मर्मत गर्नुपर्ने भएकाले २८ गते राती १ बजेदेखि बिहान  ५ बजेसम्म मोबाइल बैंकिङ सेवा क्युआर, फण्ड ट्रान्सफर र बिल पेमेन्टमा अवरोध हुने जानकारी गराउँछौं।’

बैंकले नियमित फोन पे डाटबेस अपग्रेड गर्नुपर्ने भएकाले उक्त समयमा मोबाइल  बैंकिङ सेवा अवरोध हुने हुँदा ग्राहक असुविधाप्रति क्षमा मागेको छ।

FB_IMG_1717944815870-1717945617.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

परेन पानी, भएन रोपाइँ