Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाणिज्य बैंकहरूको कर्मचारी खर्च झण्डै आधा खर्ब

सोमबार, जेठ ७, २०८१

काठमाडौँ- पछिल्लो समय बैंकिङ क्षेत्र रोजगारीको लागि आकर्षक मानिन्छ । बैंकिङ सेवा सुविधादेखि तलब भत्तासम्म आकर्षक मानिन्छ । सरकारी जागिरपछि चार्म भएको ठाउँ नै बैंक मानिन्छ ।

यही बैंकिङ क्षेत्रले नौ महिनामा आफ्ना कर्मचारीका लागि ४१ अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन् । यो बोनसबाहेकको खर्च हो । कर्मचारी खर्चअन्तर्गत (स्टाफ एक्सपेन्स) तलब भत्ता, तालिम, सञ्चय कोष र उपदानमा जाने रकमसमेत समेटिएको हुन्छ ।

कर्मचारीमा सबैभन्दा बढी लगानी गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले आफ्ना कर्मचारीका लागि साउनदेखि चैतसम्म ९ महिनामा ३ अर्ब २७ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ ।

निजीतर्फ कुमारी बैंकले ३ अर्ब ७ करोड ७० लाख र नबिलले ३ अर्ब १ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । सरकारी स्वामित्वको कृषि विकास बैंकले २ अर्ब ७० करोड र नेपाल बैंकले १ अर्ब ६८ करोड खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्