नेभिगेशन
समाचार

इलाम–२ अपडेटः सुहाङले मतान्तर ४५ सय कटाए, घन्टीको अवस्था नाजुकसहित ताजा परिणाम यस्तो छ

काठमाडौं– प्रतिनिधि सभातर्फको इलाम–२ मा भएको उपनिर्वाचनको मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तरमा ठूलो फड्को मारेका छन्।

ताजा परिणामअनुसार १२ हजार चार सय मत पाएका सुहाङले निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्कासँग ४५ सय २३ मतान्तर कायम राखेका छन्।

नेपाली कांग्रेसका खड्काको भने ७ हजार ८८२ मत आएको छ। खड्कालाई स्वतन्त्र उम्मेदवार रहेका पहिचानवादी डकेन्द्रसिंह थेगिमले भेट्न लागेका छन्। मुढा चुनाव चिन्हमा लडेका थेगिमको ७ हजार ७६९ मत आएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुको भने १६ सय ३६ मत मात्र आएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार