चौधरीको बीएलसी होल्डिंग्स र भारतीय कम्पनी हिरानन्दानीबीच सम्झौता

सोमबार, वैशाख १७, २०८१

काठमाडाैं - नेपालमा डेटा सेन्टर स्थापना  गर्न भारतको हिरानन्दानी ग्रुप र चौधरी ग्रुप अन्तर्गतको बीएलसी होल्डिङबीच सम्झौता भएको छ ।

आइतबारदेखि काठमाडौंमा लगानी सम्मेलनमा सुरु भएको छ । सम्मेलनमा हिरानन्दानी ग्रुप अन्तर्गत योट्टा डाटा सर्भिस र चौधरी ग्रुप अन्तर्गत बीएलसीबीच दुई पक्षीय सम्झौता भएको हो  । सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् ।

नेपालमा डाटा सेन्टरमा हालसम्मकै सबैभन्दा ठूलो लगानी हो । डाटा सेन्टर स्थापनाका लागि भएको यो सम्झौता लागि तीन अर्ब बढी लगानी हुने बताइएको छ ।

१९७८ मा भारतको मुम्बइमा निरन्जन हिरानन्दनी र सुरेन्द्र हिरानन्दनीले स्थापना गरेका थिए । हाल मुम्बइ, बैंग्लुरू, चेन्नाइ, हैदराबाद लगायतका स्थानमा यस कम्पनीले थुप्रै योजनामा काम गरिरहेको छ । ४० वर्ष अनुभव रियल इस्टेटको क्षेत्रमा भएको कम्पनी भारतकै विशाल रियल इस्टेट कम्पनीको रूपमा उदाएको छ ।

यस समूहले स्वास्थ्य, शिक्षा, उर्जा तथा हस्पिटालिटीको क्षेत्रमा पनि विस्तार गर्दै आएको छ ।

योट्टा एनएम नामको एक सहायक कम्पनी जुलाइ २०२० मा यस समूहले मुम्बइमा सहायक कम्पनी सावर्वजनिक गरे । जुन विश्वकै दोस्रो ठूलो डेटा सेन्टरको रुपमा चिनिन्छ । चौधरी ग्रुपको बीएलसी होल्डिंग्सले त्यही योट्टासँग नेपालकोडेटा सेन्टर स्थापनाका लागि सम्झौता गरेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्