विवादमा इलाम–२ को निर्वाचनः दुई घन्टासम्म मतपेटिकामा नक्कली मतपत्र खसाएको भेटियो

शनिबार, वैशाख १५, २०८१

इलाम– प्रतिनिधि सभातर्फको इलाम–२ को उप निर्वाचनको मतदान विवादमा आउने देखिएको छ। दुई घन्टासम्म मतपेटिकामा नक्कली मतपत्र खसाउन लगाइएको फेला परेको छ।

एउटा मतदानको १५ सय रुपैंयासम्म दिएकोसम्म पाइएको छ। मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाइएको पाइएको हो। चार जना महिलाले मत खसालेको स्वीकार गरेका छन्। पछि मात्र नक्कली रहेछ भनेर जानकारी पाएको उनीहरुले बताए।  

निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि सो समूहको कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुष्टि गरे।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्