बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै

शनिबार, वैशाख १५, २०८१

ढोरपाटन (बागलुङ) - बागलुङ-म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका-३ हटिया बजार-तारा खोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । 

हटिया बजार(ताराखोला गाउँपालिका-३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए । 


चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ । 

इन्जिनियर पुनले भने, हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार