सप्तकोशी नदिमा डुवेका २ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

शुक्रबार, वैशाख १४, २०८१

काठमाडाैं - सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका- १ स्थित सप्तकोशी नदिमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले बैशाख १४ गते सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको धरान उपमहानगरपालिका-३ बस्ने २३ वर्षिय रविन परियार र झापा जिल्लाको गौरादह गाउँपालिका-३ बस्ने २१ वर्षिय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदिमा डुवेका थिए ।

सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरुको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार