राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते म्याद सकिन लागेकाले समितिको म्याद एक वर्ष थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिले गठन आदेशका भरमा रक्षा मन्त्रालय मार्फत पूर्वाधारसम्बन्धी काम गर्दै आएको शर्माले बताइन् ।

यसअघि चार वर्षका लागि तोकिएको समयको म्याद सकिन लागेको अवस्थामा विधेयक र कानून नबनेकाले पुन १ वर्ष म्याद थप गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्