शरणार्थी प्रकरणमा सर्वोच्च पुगेका थुनुवाको सुनुवाइमा जवाफ बहस हुँदै

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका थुनुवाको अहिले सुनुवाइ भइरहेको छ ।

कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । चैत २५ गतेबाट सुरु सुनुवाइको आज चौथो दिन हो ।यसअघि वैशाख ९ र १० गते हेर्दाहेर्दैमा सकिएको थियो । त्यसयता बिहीबारलाई पेशी तोकिएको थियो । थुनामा रहेका नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित ११ जनाले सर्वोच्च अदालतमा जिल्ला र उच्च अदालतको आदेशविरुद्ध पुनरावेदन दिएका थिए ।

यसअघि जिल्ला र उच्च अदालतले उनीहरूलाई थुनामा पठाएको थियो । उच्च अदालतले जिल्लाको आदेश बदर गरेको बालकृष्ण खाँणको हकमा भने सरकारी वकिलले पुनरावेदन गरेको छैन । सुनुवाइका क्रममा जवाफी बहसमात्र बाँकी छ । बढीमा शुक्रबारसम्म आदेश आउन सक्ने बुझिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्