कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनले जनाए असन्तुष्टि

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ- नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका छन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् ।

फेसबुकमा स्ट्याटस लेख्दै बालेनले असन्तुष्टि पोखेका हुन् । उनले लेखेका छन्, ‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?’

बालेनले नेपालमा पशु अधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्