बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत

बुधबार, वैशाख १२, २०८१

मकवानपुर - बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बन्धी नीति, २०८१ लाई स्वीकृत गरेको छ ।

    बैठकले स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकम समेत स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको उक्त बैठकले प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को पहिलो संशोधनलाई स्वीकृत गरेको छ ।  

    यसैगरी बैठकले बागमती प्रदेशस्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरणसम्बन्धी मापदण्ड संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वन क्षेत्रका भोगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गाको भोगाधिकार मात्रै लिइ राख्ने निर्णय गरेको छ । 

    आव २०७८/७९ को प्रदेशको विभिन्न निकायमा भुक्तानी दिन रकम बाँकी रहेकाले निकासा दिन स्वीकृत प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्कोे गठन सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार