सि डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

सोमबार, वैशाख १०, २०८१

काठमाडौ - सि डिभिजन लिग अन्तर्गत आज २ खेल हुदैछन्। दिउँसो १ बजे हुने खेलमा बागमती युवा क्लब र स्वयम्भू क्लब खेल्नेछन् भने दिउँसो ४ बजे हुने खेलमा आरसी-३२ र सामाजिक युवा क्लब बिच खेल हुनेछ । 

सि डिभिजनको तेस्रो राउन्ड सकिँदा आरसी-३२ ३ जितमा ९ अंक सहित खेल तालिकाको दोस्रो स्थानमा रहेको छ। सामाजिक युवा क्लब भने २ हार र १ बराबरी सहित खेल तालिकाको अन्तिममा रहेको छ । 

यस्तै,  बागमती युवा क्लब ३ खेलमा २ जित र १ हार व्यहोरेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । स्वयम्भू क्लबले भने ३ खेलमा २ हार र १ बराबरी सहित १ अंक मात्र जोड्न सफल भएको छ । 

दुबै खेल एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । दुबै खेलको प्रत्यक्ष प्रसारण क्यानाडा नेपालको युट्युब च्यानलबाट हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्