राजस्थानमा कार र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु

आइतबार, वैशाख ९, २०८१

काठमाडौँ - भारतको राजस्थानमा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका ९ जनाको मृत्यु भएको  छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २:४५ बजे भएको थियो । 

भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । 


दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्