महानगरले राप्रपालाई जरिवाना तोक्यो, कति रहेछ?

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना वैङ्क दाखिल गर्न पत्र पठाएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ । 

पत्रमा, क्षतिपूर्ति र जरिवानावापतको रकम वैङ्क दाखिला गर्न खाता नं. उपलब्ध गराइएको छ । 

पाटीले चैत २७ गते भृकुटीमण्डप केन्द्रीत आन्दोलनको कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्