नेपालले गुमायो चार विकेट, कुशल मल्ल पनि आउट

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको चौथो विकेट गुमेको छ। नेपालका कुशल मल्ल ३ रन बनाएर आउट भएका हुन्।

टस जितेर युएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।यसअघि ८ रन बनाएर आशिफ शेख, कप्तान रोहित पौडेल ५ र कुशलद भुर्तेल शून्यमा आउट भएका थिए।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्