वेस्ट इन्डिज एविरुद्ध कप्तान रोहितको अर्को अर्धशतक

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं- नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज एविरुद्ध लगातार तेस्रो खेलमा अर्धशतक पूरा गरेका छन् । जारी शृंखलाको चौथो खेलमा २१० रनको लक्ष्य पछ्याइएको नेपालका लागि कप्तान रोहितले अर्धशतक पूरा गरेका हुन् । उनी ५४ रनमा खेल्दैछन् ।

नेपालले १०.१ ओभरमा ४ विकेट गुमाएर ८२ रन जोडेको छ । शृंखलाअन्तर्गत पहिलो खेलमा एक सय १२ रन जोडेका उनले दोस्रो खेलमा ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

कीर्तिपुर मैदानमा अहिले भइरहेको खेलमा नेपालका कुशल भुर्तेल १, कुशल मल्ल ४ र सन्दीप जोरा १९ रन जोडेर आउट भए। आसिफ शेखले खाता खोल्न सकेनन्। तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले चौथो विकेटका लागि सन्दीपसँग ४० रनको साझेदारी गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्