तोयम राय महालेखा परीक्षक नियुक्त

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्