घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

बुधबार, वैशाख ५, २०८१

पोखरा- घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बराललाइ मंगलबार पक्राउ गरेको हो ।

यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएकाे छ । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्